काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेर बहादुर देउवालाई अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) सम्बन्धि प्रश्न गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई ‘सरकारले सार्वजनिक गरेको साझा न्यूनतम् कार्यक्रममा ‘एमसीसी किन नराखेको?’ ‘एमसीसी सम्झौता के गर्नुहुन्छ?’ भनी प्रश्न गरेका हुन् ।