काठमाडौँ – नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनरागमन भएको छ । सोमवारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।


ADVERTISEMENT


४ वर्षे लामो कार्यकालपछि गत वर्ष भदौमा उनी बिदा भएका थिए । लोडसेडिङ हटाएर नेपाली समाजमा ‘नायक’का रुपमा देखिएका कुलमानलाई दोहोर्याउनुपर्ने माग थुप्रैको थियो । पनुःनियुक्तिका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेपछि उनलाई बिदाइ गरि सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको नेतृत्व दिएको थियो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पुनः दोहोर्याउने निर्णय गरेको मन्त्रिपरिषद्ले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई मन्त्रिपरिषदको कार्यालयले जानकारी गराएको छ । योसँगै मन्त्रालयले बुधबार घिसिङलाई नियुक्ति पत्र दिने तयारी गरेको छ ।

घिसिङलाई कार्यकारी निर्देशक बनाएसँगै प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगको सचिवमा पूर्णकालीन सदस्य पदमा पदस्थापन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । यसका लागि आयोगको गठन आदेश पनि संशोधन गरिएको छ ।

शाक्यलाई अहिले प्राधिकरणमा पाउँदै आएको तलव सुविधा नघट्ने गरी पदस्थापन गर्न लागिएको हो ।