काठमाडौँ – नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले राजीनामा दिएका छन् । महानिर्देशक भट्टराईले बुधबार पदबाट राजीनामा दिएका हुन् ।


ADVERTISEMENT


भट्टराईलाई केपी शर्माओली नेतृत्वको सरकारले १३ महिनाअघि महाप्रबन्धकमा नियुक्त गरेको थियो । तर, सरकार परिवर्तन भएसँगै शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले उनलाई स्पष्टीकरण साधेको थियो ।


ADVERTISEMENT

# # #


भट्टराईले आफूलाई सोधिएको स्पष्टीकरण राजनीतिक प्रतिशोध रहकाले स्पष्टीकरण नदिने बताउँदै आएका थिए । यद्दपी उनले बुधबार राजीनामा दिएका हुन् । भट्टराईले अवाञ्छित स्वार्थहरुको गठजोडले बनेको गंगटे सरकारले गर्ने जनविरोधी कामहरुको सहयात्री र मुखदर्शक हुन मेरो नैतिक मूल्यमान्यता र मुलुकप्रतिको अगाध प्रेमले नदिने भएकाले आफूले राजीनामा दिएको बताएका छन् ।

उनले राजीनामा पत्रमा भनेका छन्, ‘रेल सञ्चालनका लागि गर्नुपर्ने पूर्वतयारीहरु रहेको अवस्थामा सञ्चालन प्रक्रियालाई नै गम्भीर असर पर्ने गरी राजनीतिक प्रतिशोधबाट पूर्वाग्रही ढंगले, पूर्ववर्ति सरकारले नियुक्त गरेका सवै नियुक्तिहरु खारेज गर्ने भन्ने वर्तमान सरकारको घोषित नीति अनुरुप वर्खास्त गर्ने उद्देश्य लिई मलाई सफाई पेश गर्न भनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धि मापदण्ड २०७७ को दफा ९ को खण्ड घ मा व्यवस्था नै नभएको विषयमा आरोप लगाई स्पष्टिकरणको नाटक मञ्चन गरिएको हुँदा देश र जनता प्रति गैर जिम्मेवार, प्रतिशोधपूर्ण, अराजनीतिक ढंगले स्थापित र विकास विरोधी तथा जनविरोधी सरकार अन्तर्गत रहेर पदीय जिम्मेवारी निभाउन नसकिने तथा देश र जनताविरुद्ध बिभिन्न अवाञ्छित स्वार्थहरुको गठजोडले बनेको गंगटे सरकारले गर्ने जनविरोधी कामहरुको सहयात्री र मुखदर्शक हुन मेरो नैतिक मूल्यमान्यता र मुलुकप्रतिको अगाध प्रेमले नदिने हुँदा मैले आजकै मितिदेखि लागु हुने गरी नेपाल रेलवे कम्पनी लिमिटेडको महाप्रवन्धक पदबाट राजिनामा दिएको छु,’ भट्टराईले राजीनामा पत्रमा लेखेका छन्।