एजेन्सी – अफगानिस्तानमाथि विद्रोही संगठन तालिबानले कब्जा जमाएपछि अमेरिकी राष्ट्रपति जोय बाइडेनले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सोमबार सम्बोधन गर्दै बाइडेनले अफगानिस्तानको अहिलेको अवस्था आउनुमा देश छाडेर भाग्ने अफगानिस्तानकै नेताहरु जिम्मेवार रहेको बताएका हुन् ।


ADVERTISEMENT


उनले भने, ‘तालिाबनले तीव्र रुपमा अफगानिस्तानमा कब्जा जमाउन सफल भयो । किनकी त्यहाँका नेता देश छोडेर भागे र अमेरिकी सेनाद्वारा प्रशिक्षित अफगान सैनिक तालिबानसँग लड्न चाहेनन् ।’


ADVERTISEMENT

# # #


उनले अघि थपे, ‘सत्य यो हो कि त्यहाँ तीव्र रुपमा स्थिति बद्लियो । किनकी अफगान नेताले हतियार फ्याके र अफगान सेनाले केही ठाउँमा संघर्ष बिना नै हार स्वीकार गर्‍यो ।’

आफ्नो निर्णयमा अडिग छु

राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट अमेरिकी सेनालाई बाहिर निकाल्ने आफ्नो निर्णयमा अडिग रहेको बताएका छन् । अफगानिस्तानमा तालिबानको तीव्र रुपमा फैलिँदो उभारबारे उनले भने, ‘हामीले जति अनुमान गरेको थियौँ, त्यो भन्दा कयौँ गुणा तीव्र रुपमा अफगानिस्तानमा स्थिति बद्लियो ।’

उनले भने, ‘जब अफगानिस्तान आफ्नो लागि युद्ध लड्न चाहँदैन भने अमेरिकीहरु यस्तो लडाईंमा सामेल हुनु हुँदैन र आफ्नो ज्यान गुमाउनु हुँदैन ।’ बाइडेनले तालिबानसँग वार्ता आफ्ना पूर्ववर्ती डोनाल्ड ट्रम्पको कार्यकालमा सुरु भएको बताए । त्यसपछि नै अमेरिकाले अफगानिस्तानमा अमेरिकी सेनाको संख्या घटाएको उल्लेख गरे ।

एक समय अफगानिस्तानमा १५ हजार ५ सय अमेरिकी सैनिक तैनाथ थिए । तर, सम्झौतापछि अमेरिकी सैनिकको संख्या २५ सयमा सीमित गरिएको थियो । उनले भने, ‘तालिबानले भनेको थियो कि १ मे भित्र अमेरिकी सेनाले अफगानिस्तान छोडुन् । सन् २००१ पछि तालिबान यदि कहिल्यै शक्तिशाली भएको छ भने त्यो अहिलेको समय हो ।’

उनले थपे, ‘राष्ट्रपतिका रुपमा मेरासामू दुईवटा विकल्प थिए– या पहिलेदेखि भएका सम्झौतालाई पालना गर्ने या त तालिबानसँग फेरि लडाई सुरु गर्ने । दोस्रो विकल्प रोज्दा फेरि त्यही अवस्था दोहोरिन्थ्यो, युद्ध ।’

अफगानिस्तानबाट बाहिरिनु कुनै उचित समय थिएन

बाइडेनले १ मे पछि अफगानिस्तानमा तालिबानबाट अमेरिकी सेनालाई बचाउनुको कुनै विकल्प थिएन ।

उनले भने, ‘अफगानिस्तानबाट आफ्नो फौज फिर्ता बोलाउनु अमेरिकाका लागि कुनै उचित समय थिएन । जसरी अनुमान गरिएको थियो, त्यो भन्दा चाँडो अमेरिकाले अफगानिस्तानमा आफ्ना सैनिकको उपस्थित अन्त्य गरिदियो ।’

अशरफ घानीलाई वार्ता गर्न सुझाएको थिएँ

बाइडेनले आफ्नो जिन्दगीका २० वर्ष अफगानिस्तानमा भइरहेको लडाईंमा गुमाएकाहरुलाई अहिले त्यहाँको स्थिति देख्नु हैरानीको कुरा हुने बताए ।

उनले भने, ‘मैँले यस मुद्दामा लामो समयसम्म काम गरेको छु । मेरा लागि पनि यो एक किसिमले निजी क्षति हो ।’ वाइडेनले बताए कि उनले अफगानिस्तानका राष्ट्रपति अशरफ घानीलाई संकटको राजनीतिक समाधान निकाल्नका लागि तालिबानसँग वार्ता गर्न सुझाएको बताए । यद्दपी घानीले आफ्नो सल्लाह नमानेको बाइडेनले दाबी गरे ।

उनले भने, ‘अशरफ घानीले भने कि आवश्यक परेका खण्डमा अफगान सैनिक तालिबानसँग लड्नेछ । तर, मलाई लाग्छ यो उनको गलत निर्णय थियो ।’ बाइडेनले तालिबान आएपछि जो अफगान नागरिकको ज्यान खतरामा थियो, उनीहरुलाई पहिले नै अफगानिस्तानबाट उद्दार नगर्ने निर्णयका पछाडि दुईवटा कारण थिए ।

पहिलो, अफगान आफै त्यहाँबाट निस्किन चाहँदैनथे । दोस्रो, ठूलो संख्यामा मानिसहरुलाई निकाल्दा ‘मानिसको भरोसा डग्मगाउने खतरा’ हुन्थ्यो, जुन अफगानी अधिकारी चाहँदैनथे ।

अमेरिकाले कुटनीतिक समाधानको प्रयास जारी राख्नेछ

बाइडेनले अफगानिस्तानमा जारी संकट समाधान गर्नका लागि कुटनीतिक समाधान खोज्ने प्रयास जारी राख्ने बताएका छन् ।

उनले भने, ‘अमेरिका अफगान नागरिकलाई सहयोग गर्न बन्द गर्ने छैन । हामी कुटनीतिक मार्गका साथै अन्तर्राष्ट्रिय प्रभावको प्रयोग गर्नेछौँ र मानवीय सहयोग जारी राख्नेछौँ । हिंसा र अस्थिरता नहोस्, यसका लागि प्रान्तीय स्तरमा हामी कुटनीतिक प्रयास गरिरहने छौँ ।’

उनले थपे, ‘यस कुरालाई लिएर म स्पष्ट छु कि हाम्रो देशको परराष्ट्र नीतिको केन्द्रमा मानवअधिकारको सम्मान रहेको छ । हामी यस्तो गर्नका लागि अनन्तकालसम्म हामी आफ्नो सैनिकलाई कुनै दोस्रो मैदानमा पठाउन सक्दैनौँ ।’

उनले अफगानिस्तानमा २० वर्ष लामो अमेरिकी मिसनको उद्देश्य ‘राष्ट्र निर्माण’ वा ‘एक केन्द्रीय लोकतन्त्र बनाउनु’ नभई अमेरिकी जमिनमा हुनसक्ने आतंकवादी हमला रोक्नु रहेको बताए ।

अमेरिकीलाई नोक्सान पर्‍याए नतिजा भयंकर हुनेछ

बाइडेनले चेतावनी दिए, ‘तालिबानलाई हामीले पहिले नै स्पष्ट गरेका छौँ कि यदि अमेरिकी सेनामाथि हमला भयो वा अमेरिकी अभियानमाथि असर पर्यो भने अमेरिका तत्काल यसको जवाफ दिनेछ र आवश्यक परेमा आफ्नो पूरा विध्वंसक शक्तिका साथ अमेरिका आफ्ना नागरिकको रक्षा गर्नेछ ।’

उनले अपघ थपे, ‘म चौथो अमेरिकी राष्ट्रपति हुँ जो अफगानिस्तान संकटको आगो झेलिरहेको छ । म यस युद्धको आगोलाई मपछिका राष्ट्रपतिसम्म पुग्न दिनेछैन ।’

‘अहिलेको परिस्थिति देख्दा दुःख लागिरहेको छ । तर, अफगानिस्ताको युद्धमा अमेरिकी सेनाको भूमिका अन्त्य गर्नुमा मलाई कुनै पश्चाताप छैन । यो युद्ध यहीँ अन्त्य हुनुपर्छ ।’

अफगानिस्तानमा अमेरिकाको नयाँ मिसन

– अफगानिस्तानबाट अमेरिकी नागरिक र आफ अफगान नागरिकलाई त्यहाँबाट सुरक्षित बाहिर निकाल्नका लागि ६ हजार अतिरिक्त सैनिक पठाइएको छ ।

– अमेरिकी सेनाले काबुल हवाई क्षेत्रलाई सुरक्षित गर्नेछ र एयर ट्राफिकको नियन्त्रण आफ्नो हातमा लिनेछ र यो सुनिश्चित गर्नेछ कि नागरिक र सैन्य उडान चालू रहोस् ।

– सैन्य सहायताको माध्यमबाट अमेरिका ‘अफरेसन अलाइज रिफ्यूजी’ चलाउने छ । जसको उद्देश्य जुन अफगान नागरिकलाई तालिबानबाट असुरक्षा छ, तिनीहरुलाई उद्दार गरिनु हुनेछ ।