काठमाडौँ – नेपाल विश्व हिन्दु महासंघले पाकिस्तानी प्रधानमन्त्री ईमरान खानलाई ज्ञापन पज्ञ पत्र बुझाएको छ । अगस्ट ४ मा पाकिस्तानको भोङ्ग सहरमा केही मुसलमानले मन्दिरमा गरेको आक्रमण र तोडफोडका विरुद्ध अल्पसंख्यक हिन्दू समुदायको सुरक्षा तथा धार्मिक संरचनाको सुरक्षाको माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।


ADVERTISEMENT


महासंघका केन्द्रिय अध्यक्ष डा. केदारनाथ दाहाल तथा सचिव अभिषेक तिवारीद्वारा जारी ज्ञापन पत्र नेपालस्थित पाकिस्तानी दूतावासमार्फत प्रधानमन्त्री खानलाई बुझाइएको हो ।


ADVERTISEMENT

# # #


पाकिस्तानमा रहेका अल्पसंख्यक हिन्दू समुदाय र तिनको आस्थामाथि बारम्बार यस्ता अमानवीय घटना हुने गरेकोमा आपत्ति जनाउँदै पाकिस्तान सरकारलाई अल्पसंख्यक समुदाय, उनीहरुको आत्मविश्वास र रक्षाको लागि ठोस प्रतिबद्धताका साथ अगाडि आउन आग्रह गरिएको महासंघका अध्यक्ष दाहालले बताए ।

मन्दिर तोडफोडको घटनालाई महासंघको गम्भीर रुपले लिएको बताउँदै उनले अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्र मानव अधिकार परिषद लाई यस्तो हिंसा र हमलाहरुलाई गम्भीरतापूर्वक लिन समेत अनुरोध गरिएको बताए ।

No photo description available.