काठमाडौँ– भारतले अफगानस्तानबाट आफ्ना नागरिकसंगै दुई नेपालीको समेत उद्धार गरेको छ ।


ADVERTISEMENT


हाल तालिवानको कब्जाका कारण तनावग्रस्त अफगानस्तानको काबुलबाट आफ्ना नागरिकको उद्धार गर्ने क्रममा भारत सरकारले दुई नेपालीलाई समेत उद्धार गरेको भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता एरिन्दम बाक्चीले जनाएका छन् ।


ADVERTISEMENT

# # #


तालिवानले अफगास्तान कब्जा गरेसंगै विभिन्न देशका सरकारले त्यहाँ रहेका आफ्ना नागरिकलाई उद्धार गर्ने क्रम जारी छ । त्यसैगरि भारतले पनि आफ्ना नागरिकहरुलाई कयौँ संख्यामा त्यहाँबाट उद्धार गरिरहेको छ ।

अफगानस्तानमा रहेका नागरिकलाई नेपाल सरकारले समेत उद्धार जारी राखेको समयमा छिमेकी भारतले समेत नेपाली नागरिकको उद्धार गरेर सहयोग गरेको हो ।