काठमाडौँ– युनिभर्सल तामिल युनिभर्सिटीले समाजसेवी प्रदीप खनाललाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ ।


ADVERTISEMENT


भारत, मदुराई, तामिलनाडुस्थित विश्वविद्यालयले शनिबार अन्तरराष्ट्रिय मैत्री समाजका अध्यक्ष उनलाई अन्तरराष्ट्रिय समाजसेवामा पुर्‍याएको योगदानबापत सो उपाधि प्रदान गरेको हो ।


ADVERTISEMENT

# # #


इलाम, जीतपुर निवासी ४८ वर्षीय खनाल ३० वर्षदेखि निरन्तर विश्वव्यापी मित्रता, अन्तरराष्ट्रिय ऐक्यबद्धता, विश्वशान्ति, धार्मिक सद्भाव, संस्कृतिलगायत क्षेत्रमा क्रियाशील छन् । अन्तरराष्ट्रिय नेपाली विद्यार्थी सङ्गठनका संस्थापक अध्यक्ष(२००२) उनी बेलायतस्थित बुद्ध इन्टरनेशनल ट्रष्टको सहसंस्थापक समेत हुन् ।

त्यस अवसरमा भारतका अन्य छ व्यक्तित्वलाई पनि मानार्थ विद्यावारिधि प्रदान गरिएको थियो । उपाधि प्राप्त खनालले समाजसेवाबाटै कुनै पनि व्यक्तिले देश र विदेशमा समेत योगदान पुर्‍याउन सक्ने बताए । रासस