काठमाडौँ – अफगानिस्तानका आक्रामक ब्याट्सम्यान मोहम्मद शाहजादले चितवन टाइगर्सबाट एभरेस्ट प्रिमियर लिग (ईपीएल टी २०) क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।


ADVERTISEMENT


आगामी असोज ९ देखि असोज २३ गतेसम्म काठमाडौँमा हुने ईपीएलको चौथो संस्करणका लागि चितवनले उनलाई आवद्ध गरेको हो । उनी यसअघि सन् २०१९ मा नै चितवनमा आवद्ध भएका थिए । तर, कोरोना महामारीका कारण प्रतियोगिता हुन सकेको थिएन ।


ADVERTISEMENT

# # #


विकेटकिपर ओपनिङ ब्याट्सम्यान साहजाद निकै नै आक्रामक खेल्ने गर्छन् । अफगानिस्तानलाई क्रिकेटलाई उचाईंमा पुर्‍याउन ३४ वर्षीय दाँहिने हाते ब्याट्सम्यान शाहजादको महत्वपूर्ण भूमिका रहेको छ ।

उनले अफगानिस्तानबाट ६५ वटा एक दिवसीय खेलमा १२ अर्धशतक र १ शतकसहित १९३६ रन बनाएका छन् ।

प्रतियोगितामा विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् । जसमा साविक विजेता ललितपुर प्याट्रीयट्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।

यस पटक पाकिस्तानका पूर्वकप्तान शाहीद अफ्रिदी, खेलाडी शोयब मालिक, वेष्ट इण्डिजका अलराउन्डर कार्लस् ब्याथरह्वेट लगायतका चर्चित खेलाडीले ईपीएल खेल्दैछन् । सोमपाल कामी कप्तान रहेको चितवनले यसअघि पाकिस्तानका दिनेश अजिजलाई अनुबन्ध गरेको थियो ।