काठमाडौँ – नेकपा माओवादी केन्द्रले अन्य कम्युनिस्ट पार्टीहरुसँग एकताको पहल गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


शनिबार र आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकता र ध्रुवीकरणका लागि वार्ता तथा पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।’ पछिल्लो समय नेकपा एमालेबाट अलग्गिँदै नयाँ दल दर्ता गर्न पुगेका माधव कुमार नेपालसँग पार्टी एकता हुन सक्ने अड्कल काटिरहेका बेला माओवादीले अन्य दलसँग एकताको पहल गर्ने निर्णय गरेको हो ।

उनले अघि थपे, ‘एकता र ध्रुवीकरणका लागि सम्भावना भएका सबै शक्तिसँग वार्ता गर्ने निर्णय भएको छ ।’ बैठकले पार्टीका विभागहरूमा प्रमुख समेत तोकेको छ भने केही ठाउँमा ईञ्चार्ज पनि तोकिएको छ ।

केन्द्रीय कमिटीले स्थायी समितिलाई दिएको जिम्मेवारी र निर्देशनअनुसार विभिन्न प्रदेशका रिक्त पदाधिकारी, जिल्ला इन्चार्ज र पार्टीका विभागको प्रमुख तोक्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए । केन्द्रीय समितिका सदस्यहरु नभएका जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेर केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी पनि श्रेष्ठले बताए । जिल्ला समन्वय समितिका संयोजक तोक्ने काम भने सम्बन्धी प्रदेश समितिलाई दिइएको उनको भनाई छ ।

त्यस्तै प्रवक्ता श्रेष्ठले राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर वडा, पालिका र प्रदेश सम्मेलन गर्ने सन्दर्भमा पार्टीको निर्वाचन आयोगले निर्वाचन नियमावली र निर्देशिका तयार पारेको र छिट्टै तल्लो तहमा पठाइने जानकारी दिए । बैठकले क्रान्तिकारी धाराका सबै कम्युनिस्टहरूको एकता र ध्रुवीकरणका निम्ति वार्ता तथा पहल गर्ने निर्णय गरेको उनले बताए ।

त्यस्तै प्रवक्ता श्रेष्ठले सरकार विस्तारमा ढिलाइ भएको तर अब छिट्टै पूर्णता दिने दावी गरे ।