काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध हितेन्द्रदेव शाक्यले दिएको रिटमाथि आज सुनुवाइ हुँदैछ ।


ADVERTISEMENT


उक्त पदमा आफू रहँदै घिसिङलाई नियुक्ति गरिएकोमा उक्त निर्णय गैरसंवैधानिक भएकाले शाक्यले सर्वोच्चमा रिट हालेका थिए । उक्त रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको एकल इजलाशमा सुनुवाइका लागि आज पेशी तोकिएको छ ।


ADVERTISEMENT

# # #


साउन २५ गते बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई ऊर्जा आयोगको विज्ञको रूपमा नियक्ति गरेको थियो । त्यसमा शाक्यले असन्तुष्टि जनाउँदै प्रधाधिकरणबाट राजीनामा नदिँदै र आफूले आयोगको पद स्वीकार नगर्दै विस्थापित गर्न कुलमानलाई नियुक्ति गरिएको आरोप शाक्यको छ ।

यसअघि उक्त रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेकोमा पछि न्यायाधीश रेग्मीले उक्त दिन हेर्न नभ्याइनेमा राखेका थिए ।