काठमाडौँ – कुमारी बैंक लिमिटेड र जावलाखेल, ललितपुरस्थित मेडी क्वेस्ट ल्याबरोटोरीबीच सम्झौता भएको छ । बैँकले आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले मेडी क्वेस्ट ल्याबरोटोरीसँग सम्झौता गरेको हो ।


ADVERTISEMENT


सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य तथा मेडी क्वेस्ट् ल्याबरोटोरीका तर्फबाट कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले हस्ताक्षर गरे । उक्त सम्झौता–पत्र अनुसार मेडी क्वेस्ट् ल्याबरोटोरी का विभिन्न स्वास्थोपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गदा २० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


आफ्नो डिजिटल सामथ्र्यलाई परिस्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ । आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने बैँकले प्रतिबद्धता जनाएको छ ।