काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी)ले आयोजना गरेको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान गरेको छ ।


ADVERTISEMENT


मंगलवार आईसीसी सीडब्लुसी लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच ट्राई–सिरिजका लागि ५ खेल पदाधिकारीसहित १७ राष्ट्रिय खेलाडी गरी कुल २२ जनाको टोली ओमान गएको हो । खेलाडीहरुलाई नेपाल क्रिकेट संघ (क्यान) र आईएमई ट्राभल्स प्राइभेट लिमिटेडले सम्मानसहित बिदाइ गरेको थियो ।


ADVERTISEMENT

# # #


यो वर्ष तय भएका ३२ अन्तरराष्ट्रिय खेलमध्ये विदेशमा नेपाली टोलीले खेल्न लागेको यो पहिलो खेल हो । पहिलो खेलबाटै नेपाली टोलीले विजयको शुरुआत गर्ने विश्वाससहित कम्पनीका प्रवन्ध निर्देशक ढकालले क्रिकेट टोलीलाई सम्मान गरेका थिए ।

त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासाग दुईरदुई खेल खेल्नेछ । क्रिकोणात्मक सिरिजपूर्व नेपालले पपुवान्युगिनीसाग भदौ २० र भदौ २३ गते गरी दुई एकदिवसीय खेल खेल्ने तालिका छ । खेलमा लामो समयपछि रोहित पौडेलले कम ब्याक गरेका छन् भने गुल्सन झा पहिलोपटक राष्ट्रिय टोलीमार्फत अन्तररष्ट्रिय खेलमा सहभागी हुँदैछन् । यसैगरी शरद् भेषावकर र विक्रम सोबको पनि टोलीमा पुनरागमन भएको छ ।