काठमाडौँ – प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीको दल दर्ताको लागि निर्वाचन आयोग पुगेर सनाखत गरेको माधव कुमार नेपाल समूहले चार महिनाभित्र देशकै ठूलो पार्टी बनाउने घोषणा गरेको छ ।


ADVERTISEMENT


सनाखतपछि बोल्दै उक्त नेता मेटमणि चौधरीले माओवादी केन्द्र, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमार्चा, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गरेर देशकै ठूलो पार्टी बन्ने घोषणा गरे ।


ADVERTISEMENT

# # #


उनले भने, ‘हामीले सुरुदेखि नै कम्युनिस्ट पार्टीहरुबीच एकता हुनपर्ने बताउँदै आएका छौँ । अब त्यही योजना अुनसार अघि बढ्छौँ र आगामी चार महिनाभित्र नेकपा एकीकृत पार्टी देशकै ठूलो पार्टी बन्दैछ । यही पार्टी वरिपरि मुलुकको राजनीति अगाडि बढ्छ ।’ उनले पार्टी एकताका लागि छलफल समेत सुरु भएको बताए ।

नेता चौधरीका अनुसार नयाँ दल दर्ताका लागि सनाखतमा नेकपा एमालेका तत्कालीन ५५ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् । विक्रम शाही, सोम प्रसाद पाण्डे, रामवीर पासवान र राजन राईको पनि सनाखत हुने प्रक्रियामा रहेको उनले बताए ।

यस्तै ३० जना सांसदले समेत हस्ताक्षर गरेका छन् । जसमध्ये भारतको नयाँ दिल्लीमा उपचाररत वरिष्ठ नेता झलनाथ खनालको समेत सनाखत भएको छ । सोम प्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदा देवी भट्टले पनि सनाखत गर्ने चौधरीले बताए ।

सरकारले ल्याएको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश अनुसार दल विभाजनका लागि केन्द्रीय कमिटी वा संसदीय दलका २० प्रतिशत सदस्य पुर्याए पार्टी फुटाउन मिल्ने व्यवस्था रहेको छ ।

नेकपा एमालेमा हाल २०३ जना केन्द्रीय सदस्य रहेका छन् । २० प्रतिशत पुर्याउन ४१ जना भए पुग्छ । तर, माधवको पक्षमा ५७ जनाले हस्ताक्षर गरेका हुन् ।

केपी शर्माओली अध्यक्ष रहँदासम्म नेकपा एमालेसँग कुनै किसिमको सहमति, सहकार्य र एकता नहुने बताए । उनले माधव समूह छाडेर एमाले एकताका लागि तेस्रो धार बनेका भीम रावल सहितका नेताहरु पनि एकीकृत समाजवादी पार्टीमै फर्किने उनले बताए ।