काठमाडौँ– लोकदोहोरी गायिक विष्णु माझीको नाम झट्ट सुन्दा आउने उनको तस्बिर पहिलेको र अहिलेको पुस्तामा एकै छ । आफ्नो व्यक्तिगत परिचय र फोटोहरु समेत लुकाएर मिडिया क्षेत्रबाट टाढै रहेकी उनको बारेमा उनी को हुन्? र कस्ती देखिन्छिन्? भन्ने कौतुहलता श्रोतामाँझ त, छ नै झनै पछिल्लो समय सार्वजनिक भएको उनको तीज विशेष गीतले उक्त जिज्ञासालाई झन् बढावा दिएको छ ।


ADVERTISEMENT


एक साताअघि मात्रै सार्वजनिक गायिका माझीको ‘चरी जेलैमा’ बोलको गीतले नयाँ रेकर्ड राखेको छ । तीजको मौलिकता र आम महिलाको वेदना बोकेको त्यै माथि गोप्य गायिकाको सुमधुर आवाजमा सजिएकै कारण यस गीतले थप उचाई पाएको छ ।


ADVERTISEMENT

# # #


लोकदोहोरी क्षेत्रमा लामो समयदेखि सक्रिय रहेकी माझीको सो गीतले सार्वजनिक भएको १ साता राम्ररी बित्न नपाउँदै ४० लाखभन्दा बढि भ्युज पाएको छ । यस्तै, वर्तमान समयमा सेलिब्रेटिको नकरात्मक टिप्पणीले भरिने गरेको कमेन्ट बक्सको दुनियाँबाट समेत यो गीत टाढै देखिन्छ । जसमा पनि माझीले रेकर्ड नै कायम गरेको देखिन्छ ।

यसो त यतिका चर्चा बटुल्दा बटुल्दै पनि आफुलाई सार्वजनिक नगरेको विष्णुले आफुलाई गोप्य नै राख्न खोज्नु उनी स्वयमसंगै पारिवारिक बाध्यता पनि हो कि ! भन्ने आकलन धेरैको छ । यसैकारण श्रोताहरुले उनको पछिल्लो गीतको बोल गायिकाको आफ्नै जिन्दगीको वास्तविकता हुनसक्ने अनुमान पनि गरेका छन् ।

गायिका माझीको आफ्नो अर्काे रेकर्ड पनि छ- तीजको गीतको धेरै भाग ल्याउने रेकर्ड । उनले हरेक वर्ष तीजको अवसरमा ‘पुतलीको भट्टी’को नयाँ–नयाँ भाग ल्याउँदै आएकी छिन् । वि.सं २०६१ सालमा ‘पुतलीको भट्टी’मा बोलको तीज गीत सार्वजनिक गरेयता प्रत्येक वर्ष नयाँ भाग सार्वजनिक गर्दै आएकी विष्णुले त्यसै अन्र्तगत यसपटक भने, ‘पुतलीको भट्टी’ भाग १७ का रुपमा ‘चरी जेलैमा’बोलको तीज गीत सार्वजनिक गरेकी हुन् ।

 आफ्नै लगानीमा संचालनमा रहेको सपना म्युजिक इन्डष्ट्रिजको प्रस्तुती रहने ‘पुतलीको भट्टी’का अधिकांश भागमा विष्णुकै श्रीमान् सुन्दरमणी अधिकारीको शब्द तथा संगीत रहेका छन् ।

उनको पछिल्लो समय सार्वजनिक ‘चरी जेलैमा’ भिडियो