उदयपुर– उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६ खैजनपुर सनुवामा बुधबार विद्युत् सर्ट भई एक कुखुरा फार्ममा आगलागी हुँदा करिब रु अढाई लाख बराबरको क्षति भएको छ ।


ADVERTISEMENT


दिनको ३ बजेतिर स्थानीयवासी विष्णु राजधामीको कुखुरा फार्ममा अचानक विद्युत् सर्ट भएपछि फार्ममा आगलागी भएको स्थानीयवासी मोहन राजधामीले बताए।


ADVERTISEMENT

# # #


आगलागीबाट केही कुखुरा बाहिर निकाल्न सफल भएपनि केही कुखुरा नष्ट भएको र सबै फार्म जलेको कुरा मोहनले बताएका छन् । अन्यत्र आगो फैलिन नदिन भने स्थानीयवासीको सक्रियतामा सफल भएको पनि स्थानीयवासी दीपक लुइँटेलले बताए ।