काठमाडौँ – नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले एमालेले १४ सांसदलाई कारवाहीको सिफारिस गरेकोमा सभामुखले विभिन्न जाल झेल गरेर कारवाही नगर्ने निर्णय गरेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


बस्नेतले नेपाली संसदको उपहास गर्दै सभामुख अग्नि सापकोटाले विगतको गुरिल्ला शैलीमा झै छुट्टै सरकार र संसद झल्को दिने गरि एमालेले १४ सांसदलाई कारवाही नगर्ने निर्णय गरेको आरोप लगाएका हुन् । सोमबार भक्तपुरस्थित रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बस्नेतले वर्तमान सरकारलाई सुरुवातमै कुपोषण लागेको समेत आरोप लगाए ।


ADVERTISEMENT

# # #


वर्तमान सरकारमा सामेल दलहरुले संविधान भन्दा माथि गएर काम गरेको र अध्यादेशबाटै संसदलाई निरन्तरता दिने प्रक्रियाका साथै एमाले फुटाउने अभियानमा मात्र केन्द्रित भएकाले सरकारले पूर्णता पाउन नसक्नु कुपोषणको लक्षण भएको बस्नेतले बताए । वर्तमान अवस्थामा राष्ट्रिय सहमतिको सरकार निर्माण गरि मितव्ययी रुपमा तीनै तहको निर्वाचन एकै समयमा गर्नु नै अन्तिम विकल्प रहेको बस्नेतको भनाई छ ।

यस्तै नेता बस्नेतले माधव नेपालको पार्टीमा चाँडै विद्रोह हुने दाबी गरेका छन् । उनले भने, ‘जुन दिन मन्त्रिपरिषद् विस्तार हुन्छ, त्यो दिन माधव नेपालको पार्टीमा विद्रोह हुने स्थिति छ । किनभने अवसरवादी, स्वार्थी, पदलोलुप व्यक्तिहरु जम्मा भएको पार्टी उहाँले खडा गर्नुभएको छ ।’

उनले संविधानको मिचेर अ‍नेका खालका अध्यादेश ल्याएर निर्वाचनलाई पछि धकेल्दै संसदमा सांसदबीच फोहोरी खेल खेल्दै एमालेलाई कम्जोर बनाउँने सपना नदेख्न र निर्वाचनमा उत्रन समेत आह्वान गरे ।