काठमाडौँ– नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिको उम्मेदवार चयन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको मंगलबार बैठक बस्दैछ ।


ADVERTISEMENT


आज दिउँसो पौडेल निवास बोहोटारस्थित स्थापनइतर समूहबाट सहमतिमा एक जनामात्रै सभापति चयनका लागि बैठक बस्ने तरखरमा रहेको केन्द्रीय सदस्य बलबहादुर केसीले जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


सभापतिका लागि पौडेल समूहबाट मात्रै पौडेलसहित चार नेताले सभापति उम्मेदारको लागि दाबी गरेका छन् । दाबी गर्नेमा पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा। शेखर कोइराला रहेका छन् ।

यी चार वरिष्ठ नेतामध्ये सभापतिमा कसले मार्ला त बाजी ? त्यो भने हेर्न बाँकी नै छ ।