काठमाडौँ– मंगलबार सेयर बजारका लागि रातो दिन बन्न पुगेको छ । शेयर बजार परिसूचक नेप्से आज ६९ अङ्कले घटेसंगै परिसूचक ३ हजारमुनि अर्थात्, परिसूचक नेप्से २९७५ अंकमा कायम भएको  हो ।


ADVERTISEMENT


जसकारण सेयर बजारका सबै समूह आज राताम्य देखिएका छन् ।


ADVERTISEMENT

# # #


बैंकिङ समूहको शेयर अंक २३ , विकास बैंक समूहको २ सय ५, व्यापारको एक सय ६, होटलको ४६ अङ्कले र जलविद्युत् समूहको शेयर एक सय २४ अङ्कले घटेको छ ।

यस्तै १०१ अङ्कले फाइनान्स,१६४ अङ्कले माइक्रोफाइनान्स, ४४७ अङ्कले बीमा समूह, निर्जीवन बीमा समूह तीन सय ७२ अङ्कले, उत्पादन एक सय ९८ अङ्कले र अन्य समूहको शेयर ६२ अङ्कले घटेको छ भने,आज सबैभन्दा धेरै रुरु जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

समग्र बजार राताम्मे हुँदा पनि कर्णाली विकास बैंकको साढे ७ र मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर ६ प्रतिशतले बढेको छ ।

आज दुई सय २७ कम्पनीका दुई करोड ३१ लाख कित्ता शेयर १३ अर्ब २५ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै शेयर किनबेच हुनेमा अरुण भ्याली हाइड्रो परेको छ । यस कम्पनीको एक अर्ब एक करोड रुपैयाँको शेयर किनबेच भएको छ ।