काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सरकार विस्तार र गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार साँझ भएको छलफलमा विशेष गरी सरकार विस्तार तथा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार गठबन्धनलाई थप प्रभावकारी बनाउने, सरकार विस्तार गर्नेलगायत विषयमा आजको छलफल केन्द्रीत रहेको थियो ।


ADVERTISEMENT

# # #


गत असार २८ गतेको सर्वोच्चको फैसलाअनुसार गठन भएको नेपाली कांग्रेसका सभापति देउवा नेतृत्वको सरकार हालसम्म विस्तार हुन सकेको छैन । सरकारमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवासहित दुई मन्त्री र एक राज्यमन्त्री छन् । यस्तै, माओवादीका तर्फबाट दुईमन्त्री कार्यरत छन् । छलफलमा सरकार विस्तार गर्ने र देश तथा जनताको समस्या समाधानमा केन्द्रीत हुने विषयमा गम्भीर विचारविमर्श भएको बताइएको छ । रासस