बाँके – जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीको अपरेसनमा नेपालगन्ज विमानस्थलबाट ४ किलो २१ दशमलभ ४९ ग्राम सुन बरामद गरिएको छ। बरामद गरिएको सुनसहित बाँके प्रहरीले संलग्न दुई जना ब्यक्तिलाई पक्राउ गरेको छ।


ADVERTISEMENT


काठमाडौंबाट नेपालगन्ज आएको श्री एयरको फ्लाईट नम्बर एसएचए ४३३ को जहाजमा उक्त सुन तस्करी गरि ल्याइएको अवस्थामा बरामद गरिएको एसपी अधिकारीले जानकारी दिए।


ADVERTISEMENT

# # #


पक्राउ पर्नेमा झापाका २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङका अन्दाजी सोही उमेरका बुद्धिमान खाती रहेका छन् ।

शुक्रबार दिउँसो करिव ३ बजेतिर नेपालगन्ज बिमानस्थलको आगमन कक्षबाहिर शंकास्पद रुपमा रहेको अवस्थामा प्रहरी टोलीले फेला पारी उनीहरुलाई रोकेर सोधपुछ तथा तलासी गर्दा सुन बरामद गरिएको एसपी अधिकारीले जानकारी दिए ।

उनकाअनुसार उनीहरुले लगाएको जुत्ताको तलुवामा सुन भेटिएको थियो ।

No photo description available.

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।