काठमाडौँ – बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहक आउँदै गरेका चाडपर्वहरु बुबाको मुख हेर्ने दिन र हरितालिका तीजलाई लक्षित गरी नगदफिर्ता योजना ल्याएको छ ।


ADVERTISEMENT


बैंकले फुडमाण्डू, भोजडिल तथा खानपिनफुड मार्फत आफुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गर्दा नगदफिर्ता योजना ल्याएको हो । उक्त योजनाअन्तरगत बैंकका ग्राहकले मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गरी बैंकको मोबाईल बैंकिङ्ग तथा कार्डको माध्यमबाट भुक्तानी गर्दा २५% वा रु. ५०० सम्मको नगदफिर्ता पाउनेछन् ।


ADVERTISEMENT

# # #


नगदफिर्ता योजनामा सहभागी हुनको लागि अनलाइन अर्डर पश्चात् बिल भुक्तानी गर्दा बैंकको मोबाईल बैंकिङ्ग बीओके स्मार्ट मार्फत क्युआर कोर्ड स्क्यान गरी तथा बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत अनलाइन कारोबार गर्नुपर्ने हुन्छ । नगदफिर्ता योजना २०७८ साल भदौ २० गते देखी २०७८ साल भदौ २४ गतेसम्म लागू हुने बैंकले जनाएको छ । बैंकका अनुसार यो सुविधा योजना अवधिभर दिनको एकपटक सम्म प्रयोग गर्न सकिनेछ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।