काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै सर्वाधिक लोकप्रिय नेता बन्न सफल भएका छन् ।


ADVERTISEMENT


‘द मर्निङ कन्सल्ट’को सर्भेमा उनी विश्वका सबैलाई उछिन्दै ७० प्रतिशत अप्रुभल रेटिङसहित अंग्रपक्तिंमा पर्न सफल भएका हुन् ।


ADVERTISEMENT

# # #


उनको यस रेटिङबाट अमेरिकी राष्ट्रपति जो बाइडेन र इङल्याण्डका प्रधानमन्त्री बोरिस जोन्सनसहित विश्वका १३ देशका राष्ट्र प्रमुख पछि परेका छन् । उक्त सर्भे गत २ सेप्टेम्बरमा गरिएको थियो ।

कोरोनाको दोस्रो लहरका दौरान प्रधानमन्त्री मोदी अलोकप्रिय हुँदै उनको रेटिङ डिस्अप्रुभलतिर झरेता पनि मोदी नेतृत्वको सरकारले उक्त मुस्किल हालतलाई सम्हालेकै कारण उनको लोकप्रियता ह्वात्तै बढेको अनुसन्धानले देखाएको छ । अन्यथा सन् २०२० को मे महिनामा मोदीको अप्रुभल रेटिङ ८४ प्रतिशत रहेको देखिन्छ ।

अन्य देशका प्रमुखहरुको रेटिङ अवस्था

मोदिलाई पछ्याउँदै मेक्सिकोका राष्ट्रपति लोपेज आब्राडोर ६४ प्रतिशतसहित दोस्रो तथा इटलीका प्रधानमन्त्री मारियो ड्रागी ६३ प्रतिशतसहित तेस्रो स्थानमा रहन सफल भएका छन् । यस्तै, जर्मन चान्सलर एन्जेला मर्केल ५२ प्रतिशतसहित चौथो नम्बरमा छिन् ।

संयुक्त राष्ट्र संघ अमेरिकी राष्ट्रपति बाइडेन भने ४८ प्रतिशतसहित पाँचौं स्थानमा छन् ।

यसैगरि, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन ४८ प्रतिशतसहित छैटौं र क्यानडाका जस्टिन ट्रुडो ४५ प्रतिशतसहित सातौं तथा इङल्याण्डका बोरिस जोन्सन ४१ प्रतिशतसहित आठौं स्थानमा छन् ।

यस्तै क्रमशः ब्रजिलका जेर बोल्सोनैरो ३९ प्रतिशतसहित नवौं, दक्षिण कोरियाका मुन जे–इन ३८ प्रतिशतसहित दशौं, स्पेनका पेड्रो सान्चेज ३५ प्रतिशतसहित ११ औं, फ्रान्सका इमानुएल म्याक्रों ३४ प्रतिशतसहित १२ औं तथा जापानी प्रधानमन्त्री योशिहिदे सुगा २५ प्रतिशतसहित १३ औं स्थानमा रहेका छन् ।

उक्त लोकप्रिय र अलोकप्रिय रेटिङ ७ दिनको मुभिङ एभरेजमा निकालिएको थियो । यो आँकडा तयार गर्नका लागि भारतमा करिब २१२६ अनलाइन अन्तर्वार्ता गरिएको पनि जनाइएको छ ।