काठमाडौँ – भारतसँगको मैत्रीपूर्ण फुटबल नेपालले एक बराबरी र एक हारसहित टुग्याएको छ । घरेलू मैदान दशरथ रंगशालामा नेपालले पहिलो खेलमा भारतसँग १–१ गोलको बराबरी खेलेको थियो ।


ADVERTISEMENT


तर, आज (सोमबार) भएको दोस्रो मैत्रीपूर्ण खेलमा भने २–१ गोलको हार व्यहोरेको हो । भारतका लागि फरुख चौधरीले ६२ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए । त्यसपछि कप्तान सुनिल क्षेत्रीले ८० मिनेटमा गोल गर्दै दोस्रो सफलता दिलाए ।


ADVERTISEMENT

# # #


नेपालका लागि तेज तामाङले ८७ औँ मिनेटमा गोल गरे ।

नेपाल–भारतबीचको मैत्रीपूर्ण खेल हेर्दै पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत ।

सबै : तस्बिर रासस