काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाएर गइसकेका र निर्वाचन आयोगमा समेत दर्ता भइसकेको माधव नेपालको पार्टी नेकपा एसलाई लक्षित गर्दै सदस्य नै नभएको मान्छेले पार्टी फुटाउन मिल्छ भनी प्रश्न गरेका छन् ।


ADVERTISEMENT


यसअघि भने ओलीले पार्टी फुटेको होइन चोइटेको मात्र हो भनेका थिए । ओलीले प्रयोग गरेको भाषा नै उनका कार्यकर्ताले गर्दै आएका थिए । अहिले भने उनी पार्टी फुटेको बताइरहेका छन् । ओली कहिले पार्टी चोइटेको भन्छन् त कहिले फुटेको । आखीर भएको चाँहि के हो भनी एमालेको आधिकारिक धारणा नै देख्न पाइएन ।
उनले हाल आएर माधव नेपाललाई पार्टी सदस्य नै नभएकाले कसरी पार्टी फुटाउन सक्छन् भन्दै प्रश्न गरेका छन्।


ADVERTISEMENT

# # #


बुधबार सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। ‘एमालेकै कार्यकर्ता हौं भनेर विभाजन गर्न जाने, पार्टीकै सदस्य नै नभएको मानिसले कसरी संसदीय दल र पार्टी विभाजन गर्छ ? जो हाम्रो सांसद नै होइन। समयमा नै सभामुखलाई जानकारी गराएका छौं’, उनले भने, ‘निर्वाचन आयोगसँग ३५ दिन वा ४५ दिनको समय हुँदा हुँदै एक हप्ताभित्र नै निर्णय गरियो। किन गरियो भने १५ दिनभित्र नै सभामुखले सूचना टाँस्नुपर्थ्यो त्यसैले सबै सेटिङ गरेर काम भयो।’

उनको तर्क सुन्दा एमालेबाट माधव नेपाल फुटेकै होइनन् जस्तो बुझिन्छ । यदि यसो हो भने पनि किन रोइलो गरिरहेछन् छ ओली ? धारा ७५का सांसदलाई संसदीय ह्वीप नलाग्ने भनेपछि नयाँ पार्टी दर्ता गरेको भए पनि एमाले फुटेको वा चोइटेको जे भए पनि त्यसमा गालीगलौजमा उत्रिरहनुको कारण छ र ?

उनले निर्वाचन आयोगलाई एमालेले कारबाही गरेको भन्ने जानकारी हुँदाहुँदै पनि विचाराधीन राख्ने र परामर्श गर्ने कामसमेत नगरेको बताए। यसमा पनि एमालेको सदस्य नै नरहेको मान्छेको बारेमा फेरि आयोगसँगको झोँक किन चलेको होला ?

कारबाही नै गरिसकेपछि जो जता लागे पनि ओलीको टाउको दुखिरहेको देख्दा अचम्म लाग्छ । सेटिङ भयो, सेटिङ भयो भन्ने उनका तर्कहरुमा पनि खासै दम छैन ।

‘एकतिरबाट मात्रै होइन सबैतिरबाट पुरै सेटिङमा काम गरिएको छ। निर्वाचन आयोगको बैठक बसेर प्रस्ताव पास गरेर अघि बढ्नुपर्ने तर एकैचोटी तयारी अवस्थामा मस्यौदा आएर पास गरियो’, ओलीले भने।

निर्वाचन आयोगले निकै तीव्र गतिमा काम गरेको बताए। सभामुखले एमाले विरोधि षडयन्त्रको मतियारको भूमिका खेले गठबन्धनको पक्षधर भएर काम गरेको ओलीको आरोप छ।