काठमाडौं – विगत छ वर्षदेखि मोटरसाइकल बिक्रीमा भरपर्दो नाम कमाएको (केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा.लि.)ले यस वर्षको दशैं, तिहार र छठको अवसर पारेर (थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर) ल्याएको छ ।


ADVERTISEMENT


उक्त अफर बेनेलीका सबै मोटरसाइकलमा लागु हुने कम्पनीले बताएको छ । इटालीमा निर्मित बेनेली मोटरसाइकल बेच्दै आएको कम्पनीले सो अफरमा मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किने पछि गरी तीन पटकसम्म छुट र विभिन्न अफर दिने भएको छ ।


ADVERTISEMENT

# # #


यस अन्तर्गत (ई–डिस्काउन्ट), जो मोटरसाइकल किन्नु भन्दा पहिले नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्न सकिन्छ । मोटरसाइकल किन्न चाहने वा नचाहनेले समेत क्युआर कोड स्क्यान गर्न सक्छन् । बेनेलीको सोरुममै पुगेर पनि स्क्यान गर्न सकिन्छ । यसरी स्क्यान गर्दा १ लाख रुपैयाँ सम्म जित्ने अवसर प्राप्त हुनेछ ।

त्यसैगरी मोटरसाइकल किन्ने निश्चित भइसकेपछि (वाक इन डिस्काउन्ट अफर )प्राप्त हुनेछ । ग्राहकलाई स्क्र्याच कार्ड प्रदान गरिने छ र सो कार्डबाट समेत १ लाख रुपैयाँ सम्म जित्न सकिने छ ।

त्यसैगरी मोटरसाइकल किनिसके पछि ग्राहकलाई ५ हजार रुपैयाँ सम्मको (अमेजिङ गिफ्ट) प्रदान गरिने छ । यसवापत हेल्मेट र अन्य विभिन्न गिफ्ट प्रदान गरिने छ । विभिन्न प्रकारको गेम खेलाएर ग्राहकलाई यस्ता गिफ्ट प्रदान गरिने कम्पनीले बताएको छ ।

थप जानकारीका लागि कम्पनीको कार्यालय केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा. लि नक्साल काठमाडौंमा सम्पर्क गर्न सकिने पनि प्रेस विज्ञप्तिमार्फत बताइएको छ ।