काठमाडौं – नेपाल आयुर्वेद औषधी उत्पादक संघको अध्यक्षमा मानबहादुर साउँद निर्वाचित भएका छन् । अब साउँदले नेपाली जडिबुटीजन्य आयुर्वेद औषधीको उत्पादनमा अग्रणी भूमिका खेल्दै आएको औषधी उत्पादक संघको नेतृत्व सम्हाल्ने छन् । यसअघि संघले बुढापाका नेतृत्वहरुबाट सम्हालिइरहनु परेको अवस्था थियो ।


ADVERTISEMENT


पाँच कार्यकालसम्म अध्यक्षको नेतृत्व सम्हाल्दै आएका निवर्तमान अध्यक्ष विनोद पौडेले अबको नेतृत्व युवा पुस्तालाई दिनुपर्ने आवाज उठाएका थिए । यो सँगै साउँदले अध्यक्षमा निर्वाचित हुने मौका पाएका हुन् । पौडलेको नेतृत्व हस्तान्तरण गर्ने निर्णयले युवाहरुको टिम विजयी हुने अवस्था सिर्जना भएको बताइएको छ ।


ADVERTISEMENT

# # #


यसैगरी संघमा हाल अन्य पदमा पनि युवाहरुको वर्चस्व छ । जसमा उपाध्यक्षमा डा खेमराज भट्टराई र चन्द्रकान्त खनाल निर्वाचित भएका छन् भने महासचिवमा सुमनप्रसाद पाण्डेय । सचिव पदमामा पिताम्बर आचार्यले विजयी हुने अवसर पाए । कोषाध्यक्षमा महेन्द्रराज बज्राचार्य एवं सह—कोषाध्यक्षमा डा सुमन पौडेलको निर्वाचित भएका हुन् ।