काठमाडौं – हरेक वर्ष दशैंका समय नयाँ नोटको समस्या परिरहेको हुन्छ । यही कुरालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले यसवर्ष दशैंका लागि प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट साट्न सक्ने नियम बनाएको छ ।


ADVERTISEMENT


साथै बैंकले यसवर्ष छिटो नयाँ नोट वितरण गर्ने भएको छ ।  बैंकले दशैँका लागि आगामी असोज ४ गतेबाट नयाँ नोट वितरण गर्ने भएको हो ।


ADVERTISEMENT

# # #


काठमाडौंको बालुवाटार कार्यालय र प्रदेशस्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ । ‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् ।

राष्ट्र बैंकले हरेक वर्ष दशैँमा नयाँ नोट वितरण गर्दै आएको छ । तर, गत वर्ष कोरोना महामारीका कारण नयाँ नोट वितरण गरिएको थिएन । यो वर्ष कोरोना नियन्त्रणमा आइसकेको भन्दै नयाँ नोट वितरण गर्न लागिएको हो ।

‘क’ वर्गका बैंकहरुले राष्ट्र बैंकबाट नयाँ नोट लिइसकेका छन् ।