काठमाडौं – अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी भएर सभामुख डोलप्रसाद अर्याल स्वदेश फर्किएका छन् ।

नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख अर्याल गत असोज १८ गते तान्जानियाको अरुशा प्रस्थान गरेका थिए ।


ADVERTISEMENT

# #


महासभाका क्रममा सभामुख अर्यालले ‘समावेशिता, विश्वास र अवसरहरूमार्फत सुशासन अभिवृद्धि गर्ने र समुदायहरूलाई सशक्त बनाउने’ विषयमा आयोजित सामान्य छलफलमा मन्तव्य राखेका थिए ।

त्यसैगरी, नेपालले आपत्कालीन कार्यसूचीका रूपमा अघि सारेको ‘अर्जेन्ट पार्लियामेन्ट्री एक्सन’ लगायतका विषयमा पनि उनले नेपालको धारणा प्रस्तुत गरेका थिए ।


ADVERTISEMENT

#
#


सभामुख अर्यालको सचिवालयका अनुसार नेपालले अघि सारेको उक्त प्रस्ताव महासभामा दुई तिहाइ मतले पारित भएको थियो ।