काठमाडौँ– नेपाली काँग्रेसका महासमिति सदस्य एवम् पूर्व सांसद रामहरि ढुङ्गेलको राजधानीको डिल्लीबजारस्थित आफ्नै निवासमा सुतिरहेकै अवस्थामा निधन भएको छ ।


ADVERTISEMENT


पूर्व सांसद ढुङ्गेल बस्दै आएको कोठामा बिहान मृत अवस्थामा भेटिएको काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । बिहान अबेरसम्म ढोका नखुलेपछि उनका भतिजाले चुक्कुल फोडेर कोठाको ढोका खोलेका थिए ।


ADVERTISEMENT

# # #


उनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लैजाने काँग्रेसले जनाएको छ । पूर्व कृषि सहायकमन्त्री समेत रहेका ढुङ्गेल अविवाहित थिए ।

डिल्लीबजारस्थित एक कोठाको भाडामा सादगी जीवन जिउँदै आएका उनी २०५६ को आमनिर्वाचनमा रामेछाम क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।