काठमाडौँ– डिश होम मिडियाले ओमानमा हुने सीडब्लूसी लिग२ र ट्रि–नेशन सेरिजको प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।


ADVERTISEMENT


सोमबार डिश मिडिया नेटवर्क र नेपाल क्रिकेट संघबीच भएको सम्झौता अनुरुप डिशहोमले ओमानमा हुने सीडब्लूसी लिग२ र ट्रि–नेशन सेरिजको प्रत्यक्ष प्रसारण गर्ने भएको हो ।


ADVERTISEMENT

# # #


उक्त सम्झौतामा नेपाल क्रिकेट संघ(क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच नेपाल र ओमानमा हुने एक दिवसीय अन्तराष्ट्रिसीडब्लूसी लिग२ र ट्रि–नेशन सेरिजको प्रत्यक्ष प्रशारण गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।

सोमबार (भाद्र २८) गते देखि असोज ४ गते सम्म हुने उक्त खेलका लागि डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अन्तर्गत ओमानमा आयोजना हुने खेलहरु डिशहोमले एक्शन स्पोर्ट्स र हिशहोम GO OTT APP मार्फत प्रसारण गर्नेछ ।

ओमानमा हुने खेलहरु

नेपाल र अमेरिकाबीच भाद्र २८ गते, ओमान र नेपाल विच भाद्र २९ गते, ओमान र अमेरिका विच भाद्र ३१ गते, नेपाल र अमेरिका विच असोज १ गते, ओमान र नेपाल विच असोज ३ गते र ओमान र अमेरिका विच असोज ४ गते खेल हुनेछ ।

सम्पुर्ण खेलहरु नेपाली समय अनुसार ४ः१५ बजे ओमानको एल एमराट क्रिक्रेट स्टाडियम, मस्कटबाट प्रत्यक्ष प्रसार हुनेछ ।