काठमाडौं – नेपाली कांग्रेसको निर्वाचन प्रक्रिया सुरु भएको छ। १४ औं महाधिवेशन नजिकिदै जाँदा वडाबाट प्रतिनिधि चुनिने क्रम जारी रहेको छ।


ADVERTISEMENT


अधिकांश स्थानमा युवा प्रतिनिधि चुनिएको नेपाली काग्रेंसले जनाएको छ। कांग्रेसले असोज ५ गतेसम्म ७७ वटै जिल्लामा वडा अधिवेशन गरिसक्ने कार्यतालिका बनाएको छ। कांग्रेस केन्द्रिय सदस्य मिनेन्द्र रिजालका अनुसार १६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक प्रणालीमार्फत् केन्द्रिय महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् ।


ADVERTISEMENT

# # #


कांग्रेसमा देशभरबाट ४१२५ जना प्रतिनिधि चुनिनेछन् । जसमध्ये प्रत्यक्षबाट ६० प्रतिशत र समानुपातिकबाट ४० प्रतिशत निर्वाचित हुनेछन्। यसरी हेर्दा प्रत्यक्षबाट २४७५ जना र समानुपातिक १६५० जना चुनिनेछन् ।  समानुपातिक प्रतिनिधिमध्ये आदिवासी जनजातितर्फ ४९८ जना चुनिनेछन्।

यस्तै, मधेशीतर्फ २२७, दलिततर्फ २३२, थारु ९४ जना चुनिनेछन्। यस्तै मुस्लिमतर्फ ७२ र खस आर्यतर्फ ५२७ जना चुनिनेछन् ।  नेपाली कांग्रेसका अनुसार १३०४ जना महिला प्रतिनिधि चुनिनेछन् ।

जुन कुल  प्रतिनिधि संख्यामध्ये ३१.९ प्रतिशत हो। महिला प्रतिनिधिमा प्रत्यक्षतर्फ ६६० जना र समानुपातिकतर्फ ६४४ जना चुनिनेछन् । अन्नपूर्णपोष्ट दैनिकमा खबर छ ।  कांग्रेसको परिमार्जित तालिकाअनुसार असोज ९ गते गाउँ/नगरपालिका र असोज १२ गते प्रदेश सभा क्षेत्रिय अधिवेशन गर्ने तयारी गरेको छ ।