एजेन्सी – मरेका भनिएका अल कायदाका नाइके आयमान अल– जवाहरी जीवितै भेटिएका छन् । जिहादी वेवसाइटहरूमाथि निगरानी राख्ने एसआइटीई (साइट) इन्टेलिजेन्स ग्रुपले उनी जीवितै रहेको  भिडियो सार्वजनिक भएपछि यस्तो  पुष्टि भएको हो ।


ADVERTISEMENT


११ सेप्टेम्बरमा अमेरिकाको ट्वीन टावर हमलामा दोषी पाइएका उनी मरिसकेको हल्ला थियो । तर, उनी जीवितै रहेको प्रमाण भेटिएको हो ।


ADVERTISEMENT

# # #


सो भिडियोमा अन्तर्राष्ट्रिय लडाकु समूह अल कायदाका नाइके आयमान अल– जवाहरी पनि देखिएका छन् ।

सो भिडियोमा अल –जवाहरीले जेरुसेलम कहिल्यै पनि यहुदीकरण नहुने भन्दै गत जनवरीमा उत्तरी सिरियाली शहर राकामा रूसी फौजमाथि केन्द्रित लगायत अलकायदाका सम्पूर्ण आक्रमणको प्रशंसा गरेका छन् ।

साइटले बिस वर्ष लामो युद्धपछि अमेरिकी फौजले अफगानिस्तान छाडेकोमा पनि खुशी प्रकट गरेको जनाएको छ । तर, गत महिना तालिवानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेकोबारे उनले एक शब्द पनि नबोलेको बताइएको छ ।