काठमाण्डौं- फिक्कल गाउँपालिका ४ को तर्केनीवशीमा आइतबार राति बोलेरो जिप दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ । मध्यपहाडी लोकमार्गबाट ग्रामीण सडक हुदै गन्तव्यतर्फ जादै गरेको बा ७ च ३६९५ बोलेरो जीप दुर्घटना हुदा पिक्कल ४ का चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक टिकाबहादुर केसीका अनुसार दुर्घटनामा ४० वर्षीय अमरबहादुर दर्लामी, अन्दाजी सोही उमेरका रामप्रसाद बराल, ५९ वर्षीय दिलबहादुर र ६० वर्षीय नरबहादुर बलमपाखीको मृत्यु भएको हो ।


ADVERTISEMENT


दुर्घटनामा गम्भीर घाइते भएका ४१ वर्षीय धनबहादुर मगरको राजधानीस्थित विएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।


ADVERTISEMENT

# # #


जिपमा सवार सामान्य घाइते ६ जनाको गोलन्जोर गाउपालिका खुर्कोट अस्पतालमा उपचार भइरहेको छ । सोही ठाउका चालक यज्ञबहादुर रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकले प्रहरीलाइ दिएको बयान अनुसार उकालोमा मोड नपुगेर व्याक गर्दा ब्रेकफेल भई जिप सडकबाट तल खसेको थियो । भूकम्पको किस्ता रकम बुझेर फिक्कल ४ का स्थानीयहरु राती घरतर्फ जादा दुर्घटनामा परेको बताइएको छ । -आजको कान्तिपुरबाट