काठमाडौँ – नेकपा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले नेपाली जनताको भावना हेरेर मात्र एमालेले एमसीसीको विषयमा निर्णय लिने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार एमाले जिल्ला कमिटी कपिलवस्तुले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्वोदन गर्दै ज्ञवालीले एमसीसी निर्णयमा कुनै हतार नगर्ने बताए । एमसीसी प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्व सरकारको पालामा सहमति भएको र सरकारले गरेको काम भएकाले मात्र आफुहरुले अगाडी बढाएको उनले दाबी गरे ।


ADVERTISEMENT

# # #


एमसीसी पास गर्ने सरकारको दायित्व रहेको भन्दै सम्झौता राम्रो लाग्छ भने बहुमतले पारित गरेर देखाउन आग्रह समेत गरे । उनले आगामी निर्वाचनका जित्नका लागि कार्यकर्तालाई उत्कृष्ट काम गर्न निर्देशन समेत दिएका थिए । उनले एमालेमाथि देखिएको घेराबन्दी अस्थायी प्रकृतिको रहेको जिकिर गरे ।

कार्यक्रमममा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज गिरीधारीलाल न्यौपानेले पार्टी फुटे पनि स्थानीय स्तरको कार्यकर्ताले एमाले रोजेको टिप्पणी गरे ।