काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान त्रिकोणात्मक सिरिजमा नेपालले घरेलू टोली ओमानलाई १९७ रनको चुनौती दिएको छ ।


ADVERTISEMENT


ओमानको अल अमेरत क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १९६ रन बनाएको हो । नेपालका लागि ओपनर आशिफ शेखले ९० रनको शानदार पारी खेले । ११२ बलमा उनले ७ चौका र १ छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


उनी बाहेक नेपालको ब्यटिङ चल्न सकेन । ओपनर कुशल मल्ल शून्य रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाए । यस्तै रोहित पौडेलले २० रन बनाउँदा सन्दीप लामिछानेले १६ रन जोडे । आक्रमक ब्याटिङ थालेका उनी दुर्भाग्यवश रन आउट हुन पुगे ।

यस्तै करण केसीले २१ रन जोडे । अन्यले दाहोरो अंक छुन सकेनन् ।

ओमानका लागि बिलाल खानले ४ विकेट लिए । १० ओभरमा १ मेडेन राख्दै उनले ४७ रन खर्चिए । यस्तै नेस्तोर धम्बाले २ विकेट लिए भने मोहम्मद नादिम र कप्तान जासिन मक्सूदका नाममा १–१ विकेट रह्यो ।

ओमानले जवाफी ब्याटिङ गर्दैछ । नेपालले यसअघि मंगलबार अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।