काठमाडौं –  आज पनि मध्यमखाले वर्षाको सम्भावना रहेको छ ।


ADVERTISEMENT


माैसम विभागले दिएकाे जानकारी  अनुसार ठूलाे पानी नपर्ने सम्भावना रहेको हो  ।


ADVERTISEMENT

# # #


देशका धेरै ठाउँमा गएराति नै पानी परेको छ ।

मौसमविद् मञ्जु बासीका अनुसार भारतको उत्तर प्रदेशमा बनेको  निम्न चापीय प्रणालीका कारण अहिले पनि धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी परिरहेको छ ।

धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि आज ठूलो पानी भने नपर्ने उहाँले जानकारी दिइन् ।

आज देशका धेरैजसो ठाउँको मौसम सामान्यतया बद्ली रहने मौसमविद् बासीले बताइन् ।

उनका अनुसार दिउँसो केहीबेर मौसम खुले पनि फेरि बदली हुने सम्भावना छ ।