काठमाडौँ – नेपालको संविधान जारी भएको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी सविधान दिवस मनाइएको छ ।


ADVERTISEMENT


जननिर्वाचित प्रतिनिधिबाट गठित संविधानसभाबाट निर्माण भएको नेपालको संविधान सातौँ वर्षमा प्रवेश गरेको अवसरमा सातौँ संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेल समेत विशेष समारोह आयोजना गरिएको छ ।


ADVERTISEMENT

# # #


समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा लगायतका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो । समारोहलाई प्रधानमन्त्री देउवाले विशेष सम्बोधन गरे ।

नागरिकको लामो सङ्घर्ष र बलिदानीबाट संविधानसभाबाट निर्मित संविधानको रक्षा र यसको कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले राजनीतिक परिवर्तनप्रतिको नागरिकको चाहना संविधानबाट संस्थागत भएको बताए ।

हेर्नुहोस् टुँडिखेल मनाइएको संविधान दिवस: