काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान त्रिकोणात्मक सिरिजमा ओमानविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ । करण केसीले घातक बलिङ गरेपछि ओमानले ९ ओभरमै तीन विकेट गुमाएको हो ।


ADVERTISEMENT


ओमानको अल अमेरत क्रिकेट स्टेडियममा टस जितेर नेपालले पहिले बलिङ गरिरहेको नेपालका लागि करण केसीले तीन विकेट लिएका हुन् ।


ADVERTISEMENT

# # #


पहिलो विकेटका रुपमा जतिन्दर सिंहलाई १३ रनमा आउट पारेका करणले दोस्रो विकेट सुफियान मेहमूदको लिएका हुन् । त्यसक्रममा व्यक्तिगत १ चौका र १ छक्काको मदतमा १३ रन बनाएका जतिन्दरलाई आसिफ शेखबाट क्याच आउट गराएका थिए ।

यस्तै दोस्रो विकेटका रुपमा आजै एकदिवसीयमा डेब्यू गरेका मेहमूदलाई करणले ४ रन बनाउँदा सुसन भारीको हातबाट क्याच आउट गराए भने आयान खानलाई ७ रनमा बोल्ड गरे । ताजा अवस्थामा ओमानले ९ ओभरको समाप्तीमा ३ विकेटको क्षतिमा ३० रन बनाएर खेलिरहेको छ ।

यसअघि पहिलो खेलमा ओमानसँग ५ विकेटले हारेको नेपाल आज जित निकाल्दै त्रिकोणात्मक सिरिजलाई सुखद अन्त्य गर्ने दाउमा रहेको छ । नेपालले सिरिजको पहिलो अमेरिकालाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा ओमानसँग ५ विकेटले हारेको थियो । यस्तै तेस्रो खेलमा शुक्रबार अमेरिकाले नेपाललाई ६ विकेटले हराएको थियो ।

नेपाली टोलीमा आज दुईवटा परिवर्तन गरिएको छ । शरद भेषावकर र आरिफ शेख अन्तिम ११ मा अटाएका छन् भने  कुशल मल्ल र गुल्सन झा बाहिरिएका छन् ।

यसअघि सन् २०२० को फेब्रुअरीमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल दुवै खेलमा ओमानसँग पराजित भएको थियो अर्थात् ओमानसँग नेपालले लिग–२मा मा जित निकाल्न सकेको छैन