काठमाडौँ – शनिबारदेखि काठमाडौँमा सुरु हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताका ६ टिमका कप्ता र विदेशी खेलाडीले राष्ट्रिपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । उनीहरुले शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर भेट गरेका हुन् ।


ADVERTISEMENT


भेट गर्नेमा विराटनगर वारियर्सका कप्तान करण केसी, ललितपुर प्याट्रियट्सका कप्तान कुशल भुर्तेल, चितवन टाइगर्सका कप्तान सोमपाल कामी, पोखरा राइनोजका कप्तान विनोद भण्डारी, काठमाडौँ किंग्स–११ का कप्तान सन्दीप लामिछाने र भैरहवा ग्लाडियटर्सक कप्तान शरद भेषवकर रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै ईपीएलका विभिन्न टिममा आवद्ध पाकिस्तानका पूर्वकप्तान तथा क्रिकेट हस्ती शाहिद अफ्रिदी, दक्षिण अफ्रिकाका रिचार्ड लेवी, जिम्बाब्बेका सिकन्दर राजा लगायत १३ जना विदेशी खेलाडीले भेटेका छन् ।

भेट पछि राष्ट्रपति भण्डारीसँग सामूहिक तस्वीर खिचाउदै ईपीएलका ६ टिमका कप्तान तथा नेपाली खेलाडीहरु । तस्बिर : रासस

भेट पछि राष्ट्रपति भण्डारीसँग सामूहिक तस्वीर खिचाउँदै ईपीएलका ६ टिमका विदेशी खेलाडीहरु । तस्बिर : रासस