काठमाडौँ – सत्ता गठन्धनका शीर्ष नेताहरुबीच राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउने विषयमा छलफल भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको छलफलका क्रममा अध्यादेश फिर्ता लिने विषयमा छलफल भएको एक नेताले जानकारी दिए ।


ADVERTISEMENT

# # #


अध्यादेशका बारेमा टुङ्गो नलगाएसम्म मन्त्रिपरिषद् विस्तार हुने नदेखिएपछि गठबन्धनदलहरुले यसलाई फिर्ता लिने बिषयमा छलफल गरेका हुन् ।

त्यस्तै बैठकमा मन्त्रिपरिषद् विस्तारमा ढिला भएको र एकदुई दिनभित्रैमा टुंगोमा पुग्ने गरी तयारी गर्ने नेताहरुले सहमति गरेका छन् । बैठकमा संसदको गतिरोध र पछिल्लो घटनाक्रममा पनि छलफल भएको थियो । सरकार गठन भएको लामो समय बित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा सरकारको आलोचना भइरहेको छ ।