काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोली ओमनसँग फराकिलो गोल अन्तरले पराजित भएको छ।


ADVERTISEMENT


दोहास्थित कतार युनिभर्सिटी मैदानमा भएको खेलमा ओमनसँग नेपाल ७-२ गोलको फराकिलो अन्तरले पराजित भएको हो।


ADVERTISEMENT

# # #


साफ च्याम्पियनसिपको तयारीमा कतार पुगेको नेपाली टोलीले ओमनसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

ओमन विश्वकप क्वालिफायर्सको तयारीमा छ ।

फिफा वरियतामा ओमन ७८ औँ स्थानमा छ भने नेपाल १६८ औँ स्थानमा छ।

साफ च्याम्पियनसिपकै तयारीका लागि नेपालले यसअघि भारतसँग दुईवटा मैत्रीपूर्ण खेल खेलेको थियो।

साफ च्याम्पियनसिप अक्टोबर १ बाट माल्दिभ्समा सुरु हुँदैछ।