काठमाडौँ– मोडल कृष्ण बहादुर बस्नेत र सोनिया लामा अभिनित ‘माइखोलाको पानी’ बोलको गीत बजारमा आएको छ ।
सो गीत गत मंगलबार पारिजात नेपाल रेकडिङ्ग स्टुडियोबाट सार्वजनिक भएको हो ।
धनेन्द्र याम्पा राइको शब्दमा कैलाश राइले संगीत र डिसी मगरले स्वर भरेको उक्त गीतको भिडियोमा भने मोडल कृष्ण बहादुर बस्नेतको अभिनय देख्न सकिन्छ ।
भिडियोमा सञ्जय हमालको संगीत संयोजन, सुवास राइको मिक्सिङ र प्रेम लामाको छायांकन तथा राज महर्जनको कोरियोग्राफी रहेको छ ।
यस्तै, टेकेन्द्र शाहको सम्पादन र कलर रहेको उक्त म्युजिक भिडियोलाई टेकेन्द्र कार्कीले निर्देशन गरेका हुन् ।
भिडियो हेर्नुहोस् :