काठमाडौं – पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदीले यती एयरलायन्सको एटीआर–७२ टर्बोप्रोप विमानबाट सगरमाथाको अवलोकन गरेका छन् ।


ADVERTISEMENT


१२ वर्षअघि पाकिस्तानले जितेको ट्वान्टी–ट्वान्टी विश्वकपका मुख्य खेलाडी अफ्रिदी हाल नेपालमा ईपिएल खेल्न आएका हुन् । यही क्रममा उनलाई सगरमाथा हेर्न मन लाग्यो ।


ADVERTISEMENT

# # #


पहिलोपटक नेपाल आएका अफ्रिदीले यती एयरलायन्सको जहाजबाट सगरमाथाका चुचुरो हेर्ने मेसो मिलाए ।

आइतबार बिहान उनले सगरमाथाको दर्शन गरेका हुन् ।

उनी चौथो दिनको नेपाल बसाइका क्रममा बिहानै विश्वकै अग्लो शिखर सगरमाथालगायतका चुचुरा नजिकैबाट हेर्न जहाज चढेका थिए ।

सगरमाथाको चुचुरो देखे पनि अफ्रिदीले आफ्नै देशमा  रहेको विश्वको दोस्रो हिमाल केटू भने हेर्ने समय पाएका छैनन् ।