काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिकाको कांग्रेस सभापतिमा कृष्णहरि महर्जन निर्वाचित भएका छन् ।


ADVERTISEMENT


हिजो (शनिबार) भएको नगर अधिवेशनले महर्जनलाई सभापतिमा चुनेको हो । उनी १३५ मतसहित विजयी भए ।


ADVERTISEMENT

# # #


उनका निकटतम प्रतिद्वन्द्वी श्रीराम थापाले ११४ मत प्राप्त गरे ।

महर्जन नेता कृष्णप्रसाद सिटौलानिकट मानिन्छन् ।

यस्तै उपसभापतिमा जमुना तिमिल्सिना र मञ्जु शाही, सचिवमा राजु फुँयाल र शंकर तिमिल्सिना, सहसचिवमा अप्सरा खड्का र सरस्वती पौडेल निर्वाचित भएका छन् ।