काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई कारवाहीको चेतावनी दिएको छ ।


ADVERTISEMENT


प्राधिकरणले देशका विभिन्न ठाउँमा अप्टिकल फाइबर काटेर इन्टरनेट सेवा अवरुद्ध पारेको भन्दै दूरसञ्चारले सूचना जारी गरी कारबाहीको चेतावनी दिएको हो ।


ADVERTISEMENT

# # #


प्राधिकरणकै कारण राज्यका धेरै स्थानहरुमा इन्टरनेट सेवा अवरुद्ध भएकाले दूरसञ्चारको गम्भीर ध्यानाकर्षण भएको सुचनामा उल्लेख छ ।

उक्त सुचनामा कारवाहीको चेतना दिदैँ दूरसञ्चारले भनेको छ, ‘इन्टरनेट सेवा प्रदायक संघ नेपाल र नेपाल विद्युत प्राधिकरणबीच पोल भाडादर विवाद समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, यस प्राधिकरण, नेपाल विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघबीच छलफल गरी विभाग समाधान गर्ने प्रयास भइरहेको अवस्थामा अप्टिकल फाइबर काट्दा राज्यको अति आवश्यक सेवा अवरुद्ध पारिएको छ। कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दूरसञ्चार ऐन २०५३ अनुसार दण्डनीय हुने व्यवस्था छ ।’

यसका साथै सबै पक्षको आपसी छलफलमार्फत समस्या समाधान गर्नमा समेत दूरसञ्चार प्राधिकरणले जोड दिएको छ ।