काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थ एवं ऊर्जामन्त्री वर्षमान पुन (अनन्त)को स्वास्थ्यमा आंशिक सुधार आएको छ ।


ADVERTISEMENT


शरीरमा जण्डिसको अत्याधिक मात्रा देखिएपछि थप उपचारका लागि बैंककस्थित पुर्‍याइएको पुनको स्वास्थ्यमा आंशिक सुधार देखिएको पुनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिएकी हुन् ।


ADVERTISEMENT

# # #


पुन थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत छन् । चिकित्सकले पुनको शरीरमा रहेको अत्याधिक जण्डिसको मात्रा अहिले केहि मात्रामा घटेको जनाएको घर्तीले बताइन् ।

सामान्यता: एक स्वस्थ व्यक्तिको रगतमा बिलुरुविन नामक तत्वको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ । तर, पुनको रगतमा बिलुरुविनको मात्रा अनियन्त्रित रुपमा बढेर ३४ पुगेपछि चिकित्सकहरुले बैंकक गएर उपचार गर्न सुझाव दिएका थिए ।‘यद्यपि अहिले बिलुरुविनको मात्रा घटेर २७ मा आएको उपचारमा संलग्न चिकित्सकले बताएको छ’, उनले भनिन् ।

घर्तीका अनुसार चिकित्सकले चलाएको नयाँ औषधिले राम्रो काम गर्न थालेको छ । तर, बान्ता भने नरोकिएको र खाना खान मन नलाग्ने समस्याका कारण पुनलाई स्लाइनको माध्यमबाट खानेकुरा दिइएको छ ।

जण्डिसको मात्रा बढेर शरीरमा विभिन्न समस्या देखिन थालेपछि सापुनलाई गत आइतबार ललितपुरको सुमेरु अस्पताल लगिएको थियो । तर, नेपालमा उपचार कठिन भएको भन्दै चिकित्सकले बैंकक जान सुझाएको पुनको सचिवालयले जनाएको छ ।

जन्मजात जण्डिससम्बन्धि समस्याबाट पिडित पुन यसअघि चार वर्ष पहिले पनि सोहि समस्याकै कारण बैंककमा उपचार गरी फर्किएका थिए ।