काठमाण्डौ– एनआईसी एशिया बैंकले एकै पटक ५ वटा शाखा विस्तार गरेको छ ।


ADVERTISEMENT


दोलखाको भिमेश्वर नगरपालिका ३, दोलखा स्थित चरिकोट शाखा, घोडाघोडी नगरपालिका १०, कैलाली स्थित पहलमानपुर शाखा, केराबारी गाउँपालिका वडास्थित केराबारी शाखा, भगवानपुर गाउँपालिका, वडा ४, सिरहास्थित भगवानपुर शाखा र नरहागाउँपालिका, वडा नं। ०६, सिरहा स्थित नरहाशाखामा एकै पटक शाखा विस्तार भएको हो ।


ADVERTISEMENT

# # #


शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । यो सँगै हाल यस बैंकको देशभर १३५ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरहरुबाट ग्राहकले सेवा पाउदैँ आएका छन् । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्नाग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बैंकका सुचना अधिकारी रोशनकुमार न्यौपानेले जानकारी दिए।