काठमाडौँ– ‘सम्पर्क भारत–नेपाल’ संस्थाले ‘काशीको सम्झना’ नामक कार्यक्रम आयोजना गर्ने भएको छ ।


ADVERTISEMENT


उक्त संस्थाले काशी–प्रवासमा रहेका नेपालीहरुको सम्झनामा सो कार्यक्रमको आयोजना गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


पहिलो कार्यक्रम १९ असोजदेखि डिजिटलमार्फत शुरु हुने भनिएको सो कार्यक्रमको मुख्य लक्ष्य भनेकै भारतमा शिक्षा हासिल गरेका कयौं नेपालीहरूलाई एउटै मन्चमा ल्याउने प्रयास रहेको संस्थाको भनाई छ ।

उक्त संगठनले आफ्ना बौद्धिक, सांस्कृतिक एवं सामाजिक क्रियाकलाप विस्तार गर्दै जाने छ र भारतमा शिक्षित अलुम्नाईको नेटवर्क सम्वर्द्धन गरेर सम्बन्धित सदस्यबीच सहयोगको भावना विकसित गर्ने जनाएको छ ।

काशी–नेपालको सम्बन्ध शताब्दि औं देखि रहेता पनि ‘काशीको सम्झना’ श्रृंखलाको यस कार्यक्रमले सन् १९२० देखि १९८० सम्मका दशकहरुलाई मात्र समेट्ने बताइएको छ ।

भारत दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा आज दिउँसो ३ः३० देखि शुरु हुने यस कार्यक्रम ५ः३० बजेसम्म फेसबुकमा लाइभ हुनेछ । जसमा प्रसिद्ध आँखा विशेषज्ञ एवं राजनीतिज्ञ डा. शशांक कोइराला, प्रतिष्ठित साहित्यकार दुर्गा प्रसाद श्रेष्ठ, किरण मानन्धर एवम् इला शर्मालगायतले उपस्थित जनाउँनेछन् ।