काठमाडौँ– नेपालमा थप एक हजार ४३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घन्टामा गरिएको कुल १५ हजार ४६५ नमुना परीक्षणमध्ये थप एक हजार ४३ जनामा संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #


यस्तै, पछिल्लो २४ घन्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ सय ९१ रहेको छ भने, संक्रमणका कारण १२ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा हाल सक्रिय संक्रमित संख्या १६ हजार १९४ रहेको मन्त्रालयले जनाएको छ ।

जसमध्ये १४ हजार ९७५ जना होम आइसोलेशनमा रहेका छन् भने, एक हजार २१९ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।