काठमाडौँ – चिनियाँ कम्पनी हुवावेले नेपालका सूचना तथा प्रविधि विषयका विद्यार्थीका लागि ‘सिड्स फर दि फिउचर’ कार्यक्रम २०२१ सुरुआत गरेको छ । यस कार्यक्रमअन्तर्गत सूचना प्रविधि विषयमा अध्ययनरत नेपाली विद्यार्थीको छनोट गरी उनीहरुलाई यस विषयमा थप तालिम तथा अध्ययन गराइने छ ।


ADVERTISEMENT


हुवावेद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा यस कार्यक्रमको शुभारम्भ गरिएको थियो । हुवावेले आफ्नो कम्पनीको सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत सन् २००८ देखि विश्वका विभिन्न देशमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । आज आयोजित सो कार्यक्रममा दिइएको जानकारीअनुसार हालसम्म विश्वका करिब १३० देशका नौ हजार विद्यार्थीलाई यो अवसर प्रदान गरिएको छ । नेपालमा भने यस वर्ष पहिलो पटक यो कार्यक्रमको सुरुआत गरिएको हो ।


ADVERTISEMENT

# # #


यस कार्यक्रमअन्तर्गत नेपालका २० प्रतिभाको छनोट गरिएको छ र उनीहरुलाई डिजिटल क्षेत्रको बारेमा तालिम तथा पछिल्लो विकासक्रमका बारेमा अध्ययन गराइने छ । नेपालका प्राध्यापकहरु शशीधरराम जोशी, सुवर्ण शाक्य र तिमिला यमीले निर्णायकको रुपमा रहेर ती २० प्रतिभा छानेका थिए ।

उनीहरुले नेपाली विद्यार्थीमा पनि हुवावेले यो अवसर प्रदान गरेकाले आगामी दिनमा यसले नेपालमा सूचना प्रविधि क्षेत्रको जनशक्ति विकासमा सहयोग पुग्ने बताए ।

यस कार्यक्रमअन्तर्गत ती विद्यार्थीलाई नेपालमा सूचना प्रविधि क्षेत्रका विकास आयोजनाका साथै सूचना प्रविधि उद्योगको बारेमा पनि जानकरी दिइने छ । यसबाट नेपालमा आगामी दिनमा सूचना प्रविधिका क्षेत्रमा गर्न सकिने कामका बारेमा उनीहरुलाई ज्ञान प्राप्त हुने अपेक्षा गरिएको छ ।